काठमाडौं। साना–ठूला गरी करिब आठ फिल्ममा अभिनय गरिसकेकी बाल कलाकार एन्जल राईको अभिनयले चर्चा पाउन थालेको छ ।
हाल प्रदर्शनमा रहेको चलचित्र ‘हैरान’मा मार्मिक अभिनय गरकी १० बर्षीया एन्जल नायक अनमोल केसी अनुबन्धीत फिल्म ‘क्याप्टेन’मा अनमोलकै बाल्यकालिन साथीको भूमिकामा देखिने भएकी छिन् ।
भुवन केसीले निर्माण गर्ने यस फिल्म छायाकंनको तयारीमा छ ।
जोनी जेन्टलम्यान’मा नायिक आँचल शर्माको इमान्दार विद्यार्थीको भूमिकामा देखिएकी एन्जललाई मार्मिक मात्र होइन कमेडी भूमिकामा पनि रुची रहेको बताउँछिन् । उनी डान्स गर्न पनि उस्तै खप्पीस छिन् ।
फिल्म हैरानका लागि लिइएको अडिसनमार्फत ४५ जना प्रतिस्पर्धीलाई उछिनेर लिड रोलको भूमिकामा देखिएकी एन्जललाई खाते बच्चाको रुपमा हेरेका दर्शकहरुले उनको जीवन्त अभिनय र कौशलतालाई प्रशंसा गरेका छन् ।
आमा अनु डंगोल र बुबा सूर्य राईकी छोरी एन्जल बागबजारको ड्रिमल्याण्ड स्कुलमा कक्षा ५ मा पढछिन । हाल उनी चलचित्र क्याप्टेनको छायाकंनका लागि इलाम, झापा तथा सिक्किम र दार्जिलिङ जाने तयारीमा छिन् ।
‘आवर गर्ल’, ‘द म्यान फर काठमाडौं’, ‘पुरिएका पुस्तक’ मात्र नभई ‘ड्याडी आइ लभ यू’, ‘यात्रा अ म्यूजिकल भ्लक’मा पनि एन्जलको दमदार अभिनय हेर्न पाइन्छ । अभिनय र डान्सबाट उनले विभिन्न उपाधिहरु पनि जितिसकेकी छिन् ।
फिल्म तथा म्यूजिक भिडियोमा उनले गरेको अभिनयलाई दर्शकले अत्याधिक मन पराइदिए पनि निर्माण पक्ष तथा मिडियाले खासै स्थान नदिएकोप्रति एन्जललाई दुःख लागेको छ ।
प्रतिक्रिया