सफाईमा अब कुचो लगाउने होइन स्वचालित यन्त्रबाट सडक बढार्छाै

सफाईमा अब कुचो लगाउने होइन स्वचालित यन्त्रबाट सडक बढार्छाै


चिरीबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका
नेपालमा हाल ६ महानगरपालिका छन् । काठमाडौं उपत्यकाभित्रै दुईवटा पर्छन् । नेपालकै पुरानो नगरपालिकामध्ये एक हो ललितपुर । महानगरपालिका भइसक्दा पनि यो सहरमा फोहोर व्यवस्थापन पूर्ण रुपमा हुन नसकिरहेको अवस्थामा विश्व बैंकको सहयोगमा उदाहरणीय काम भइरहेको छ । १९७२ सालमा स्थापना भएको यो महानगरपालिकाले वैशाख १ गते सय वर्ष पूरा गरेको उपलक्ष्यमा शतक महोत्सव मनाउँदैछ । यसको चालु आर्थिक वर्षमा कूल बजेट तीन अर्ब २२ करोड छ । यसमध्ये फोहोरमा ‘वातावरण सरसफाई खर्च’ भनेर ७ करोड ८८ लाख र ‘सरसफाई व्यवस्थापन खर्च’ भनेर दुई करोड ३० लाख रुपैयाँ चालु आवमा छुट्याइएको छ । काठमाडौंस्थित सिसडोलमा फोहोर फालेवापत वार्षिक ललितपुरले वार्षिक १५ लाख योगदान गरिरहेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग गोपीकृष्ण ढुंगानाले फोहोरमैला व्यवस्थापनबारे गरेको कुराकानी ः

महानगरभित्रको फोहोर व्यवस्थापन व्यवस्थित पार्न के गर्दै हुनुहुन्छ ?
ललितपुर महानगरभित्रको फोहोर संकलन गरी काठमाडौंस्थित सिसडोल ल्याण्डफिल साइटमै विगतझैं बिसर्जन हुँदै आएको छ । सधैं परनिर्भर किन हुने भनेर खोकना÷बुङमतितिर ठाउँ खोजेका छौं, त्यसका लागि प्रक्रिया अघि बढाएका छौं । फोहोरमैलाका लागि अहिले ३६ करोड रुपैयाँ खर्चिरहेको छ । काठमाडौं फोहोर फालेवापत ओखरपौवाका विकास निर्माणमा सहयोग गरिरहेका छौं, एम्बुलेन्स, स्कुल, सडक आदिमा । ब्रुमर, लोडर, ट्रिपर (साना, ठुला) आदि साधन खरिद गर्दैछौं ।
विदेशी प्रविधि भित्र्याउँदै हुनुहुन्छ हो ?
जापानको वातावरण राज्यमन्त्रीको निमन्त्रणमा त्यहाँ पुग्दा उसले इन्सिनेटर मेसिन दिने भएको छ । त्यो सिस्टम देखाउँदा एकदमै व्यवस्थित लाग्यो, त्यो हामी यहाँ पनि प्रयोगमा ल्याउँदैछौं । जापानमा दुई सय रोपनीमा त्यो परियोजना सञ्चालित छ, ललितपुरलाई त्योभन्दा केही सानो भए पुग्छ । हाल महानगरपालिकाले विश्व बैंकसँग आउटपुट बेस्ड एड इन सोलिड वेस्ट नामक परियोजना सञ्चालन गरिरहेका छौं भने अब जापान र कोरियन सरकारसँग पनि सहकार्य गर्न प्रक्रिया अघि बढाएका छौं ।
यसबाहेक अरु विकल्प केही सोच्नुभएको छ ?
सफाई मेरो प्राथमिकता हो । साधन कम छन्, तुरुन्तै गर्दैछु । सफाईमा अब मान्छेले कुचो लगाउने होइन कि स्वचालित यन्त्रबाट सडक बढार्ने आदि काम हुनेछन् । अबका दिनमा फोहोरलाई स्रोतमै वा कुनै ठाउँ विशेषमा लगेर छुट्याएर व्यवस्थापन गर्छौं । काम नलाग्ने इन्सिनेटरमा हालेर जलाउँछौं । जलाएर प्रांगारिक मल पनि बनाउँछौं । ‘कवाडी’ नामको एप्स प्रयोगमा ल्याउँदैछौं । यसले आसपासबाट खबर आउँछ, हामी कवाडीवालालाई संकलन गर्न पठाउँछौं । कवाडी सामान बाहिर जाँदा कर लिन मिल्ने भएकाले कवाडीवालाहरुसँग कर लिनु भनेर महाशाखा प्रमुखलाई भनेको छु । धुँवा धुलो व्यवस्थापन अर्को चुनौति हो जसमा पनि काम अघि बढाएका छौं ।
आउटपुट बेस्ड प्रोजेक्ट चलिरहेको छ, के काम हुँदैछ?
यो विश्व बैंकको सहयोगमा सञ्चालित हो । फोहोरमैलाका लागि महानगरपालिकाले जति रकम संकलन गर्छ त्यसको चार गुणा बैंकले थपिदिन्छ । यसरी चलेको छ । यही रकमबाट फोहोरमैला व्यवस्थापनका लागि स्रोतसाधनदेखि ल्याण्डफिल साइटका लागि जग्गा खरिदसम्मका काम गरिरहेका छौं ।
यो प्रोजेक्ट कति जरुरी छ ?
होइन, यो त एकदमै जरुरी छ । किनभने बैंकबाट एक किसिमको आर्थिक व्यवस्थापन भइरहेको छ त्यो हाम्रा लागि एकदमै महत्वपूर्ण छ । त्यति बजेट फोहोरका लागि जुटाउन हामीलाई हम्मे–हम्मे पर्नेछ । फोहोर व्यवस्थापनका लागि कोरियन र जापान सरकारसँग पनि कुरा गरिरहेका छौं तर यसरी खाइपाई आएको परियोजना भएकाले यसमा अभ्यस्त छौं । सहज लागिरहेको छ विश्व बैंकसँग काम गर्न । परिणाम पनि आइरहेको छ ।
के के साधन खरिद गर्दै हुनुहुन्छ ?
हालसम्म हामीसँग ठुलो कन्टेनर ट्रक, टिपर, ट्रयाक्टर, टिपर ट्रक, जेट मेसिन लगायत छन् । अब यही आउटपुट बेस्ड एडमार्फत् ब्रुमर, टाटाको डबल क्याब पिकअप, लोडर र सानो खालको टिपर ट्रक किन्दैछौं ।
फोहोरमैलाको समस्या धेरै लामो समयदेखि छ, महानगरपालिकाले केही फरक काम गर्न सक्दैन < सिसडोलमै निर्भरता भइरहेर समस्या भएको हो । अब महानगरभित्रै साइटमा काम गर्न थालेपछि सहज भइहाल्छ । फोहोर छुट्याएर फोहोरलाई मोहोर बनाउने गरी व्यवस्थापन गर्छौं । काठमाडौंसँग कतिञ्जेल निर्भर रहने ? वास्तवमा हामी काठमाडौं महानगरपालिकासँग निर्भर भएका होइनौं । फोहोर फ्याँक्ने सन्दर्भमा प्रयोग भइरहेको सिसडोल काठमाडौंको मात्र होइन, जति पनि उपत्यकाका नगरपालिका छन् ती सबैको हो । धेरैको पुगिरहेको छ । साइट काठमाडौंमा भएकाले निर्भर भएको हो कि भन्ने लागेको÷देखिएको हो । हामी स्वतन्त्र छौं । सिसडोल उपभोग गरेवापत दायित्व पनि पुरा गरेका छौं । फोहोरमैला व्यवस्थापनलाई दिगो बनाउन कस्तो रणनीति अपनाउनुभएको छ < दिगो बनाउन आफ्नै ल्याण्डफिल साइट बनाउँदैछौं । अझ फोहोर स्रोतमै छुट्याउन सके धेरै फरक पर्छ । यस बाहेकको उपाय र विकल्पै छैन । छुट्याउन सके फोहोर मोहोर हो । नसकेर उल्टै खर्च भइरहेको छ । खोकनाको जग्गा लिइसकेपछि छुट्याएर फोहोरलाई मोहोर बनाएर देखाउँछौं । फोहोरलाई मोहोर बनाउने भन्नुभयो, कसरी ? अहिलेको सन्दर्भमा त्यो फोहोर बिसर्जन गर्नकै निम्ति मोहोर खर्च भइरहेको छ । तर अबका दिनमा फोहोरलाई स्रोतमै वा कुनै ठाउँ विशेषमा लगेर छुट्याएर व्यवस्थापन गर्छौं । काम नलाग्ने इन्सिनेटरमा हालेर जलाउँछौं । जलाएर पनि प्रांगारिक मल बन्छ । यस्तो मल खरिद गर्न आउने थुप्रै हुनेछन् । ल्याण्डफिल साइटको टुंगो कहिले लाग्छ ? खोकनामा बनाउन लागेको साइट ल्याण्डफिल साइट होइन, सेग्रिगेसन साइट हो । त्यहाँबाट मल उत्पादन हुनेछ । जग्गा किन्ने सन्दर्भमा जग्गा प्राप्ति ऐन आकर्षण हुने भएकाले त्यही प्रक्रियामा छौं । विधि पु¥याउनु पर्ने हुँदा समय लाग्दोरहेछ । कवाडीबारे एप्स पनि आउँदैछ, के फाइदा हुन्छ ? कवाडीबारे यो नयाँ प्रयोग हो । अबको समयमा यो आवश्यक भइसक्यो । कवाडी सामान बाहिर जाँदा कर लिन मिल्ने भएकाले कवाडीवालाहरुसँग कर लिनु भनेर महाशाखा प्रमुखलाई भनेको छु । उठिरहेको भए पनि थोरै उठिरहेको छ । अब घरका शिशा, प्लाष्टिक आदि कवाडी एप्समा राख्ने र त्यसका आधारमा घरैमा कवाडीवाला आएर उचित दरमा विना बार्गेनिङ लैजाने काम हुनेछ । यी दुवैलाई एप्सले बढोत्तरी गर्नेछ । ललितपुर महानगरपालिका परिचय क्षेत्रफल ः ३६.१२ वर्गकिलोमिटर जनसंख्या ः २,८४,९२२ पुरुष ः १,४५,९२४ महिला ः १,३८,९९८ जनघनत्व ः ७,८८८ प्रतिवर्गकिलोमिटर कूलघरसंख्या ः ७०,२५६ साक्षारता प्रतिशत ः ८०.३५ (जनगणना २०६८ मा आधारित) कहिले हिउँदे कहिले बर्षे खेती शेषनारायण महर्जन, कौसीखेती प्रशिक्षक अहिले बर्षाको मौसम सुरु भएको छ । यसबेला कौसीखेतीका लागि लहरे र कोसेबाली बढी उपयुक्त हुन्छ । कौसी खेतीका लागि अहिले बोडी, सिमी, काँक्रा, फर्सी, घिरौला आदिको समय भएको छ । हिउँदमा रायो, पालुङ्गो, चम्सुर, बन्दा, काउली, ब्रोकाउली जस्ता तरकारी हुन्छन् । खुर्सानी, टमाटर, धनीया र फलफूल पनि बाह्रैमास उत्पादन गर्न सकिन्छ । यसको प्रशिक्षण दिइरहँदा अभ्यासको जरुरत हुन्छ त्यसैले मैले पनि घरमा खेती गरिरहेको छु । हालसम्म काठमाडौं, ललितपुर र भक्तपुरका झन्डै नौ हजार घरधुरीमा कौसी खेती भइसकेको छ । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी ललितपुरमै छ । त्यो पनि महानगरभित्र । ललितपुर महानगरपालिका मार्फत् सञ्चालित आउटपुट बेस्ड एड प्रोजेक्टबाट कुहिने र नकुहिने फोहोर हाल्ने रातो र हरियो बाल्टीदेखि कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट बिनलगायतका सामग्री कौसीखेती गर्ने महानगरबासीलाई दिइएको छ । उनीहरुलाई प्रोजेक्टले विज्ञद्धारा कौसीखेती सम्बन्धमा दुई÷तीन दिनको तालिम पनि दिइरहेको छ । घरमा खाली बस्नेहरुका लागि त यो तालिम प्रदान गर्ने क्रममा धेरैमा कौसीखेतीप्रति रुची देखाएको पाएको छु । विषादीयुक्त तरकारीले दिक्क भएकाहरु आफैंले उत्पादन गरेर ताजा खान पाउनेमा ढुक्क पनि छन् । केहीमा कौसीखेतीले समस्या पनि देखिएको बताएका छन् । उनीहरु तरकारीबालीबाट घरमा किरा र तिनबाट रोग भित्रने बताउँछन् । तिनलाई धुलो खोर्सानी, अदुवा र लसुनको रससँग स्याम्फू मिलाएर स्प्रे गरे घरेलु जैविक विषादीबाटै यस्तो समस्याबाट मुक्त हुने उपाय दिन्छौं । तालिम लिएर व्यवस्थित ढंगले राम्रो मिहिनेतसँग काम गरे कौसीखेतीबाट दुई तीन जनाको परिवारलाई तरकारी खाँचो हुँदैन । त्यसभन्दा केही बढी भए आधामात्र किने पुग्छ । स्वास्थ्यजन्य फोहोरमा सचेत हुनुपर्छ राम चरित्र साह, हेल्थकेयर एक्सपर्ट पोखरा, ललितपुर, घोराही, धनकुटा र तानसेन नगरपालिकाका लागि विश्व बैंकको सहयोगमा आउटपुट बेस्ड एड प्रोजेक्टअन्तर्गत सोलिड वेस्ट मेनेजमेन्ट टेक्निकल सपोर्ट सेन्टरले कार्यान्वयन गरिरहेको छ । महानगरभित्र स्वास्थ्यजन्य संस्थाका फोहोरजन्य वस्तुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा योजना बनाएका छौं । यहाँभित्र पर्ने विभिन्न स्वास्थ्य संस्था सरकारी र निजी अस्पताल, निजी क्लिनिक, डेन्टल क्लिनिकसँग समेत चिकित्साजन्य फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर विभिन्न चरणमा छलफल पनि गरेका थियौं । नेशनल क्यान्सर अस्पताल जावलाखेलको सात दिनको फोहोर नै अनुमान ग¥यौं । यसले के के फोहोर कस्तो ढंगबाट कति निकाल्छ भनेर अध्ययन ग¥यौं । यसको आधारमा महानगरभित्र कति अस्पताल, तिनमा कति बेड आदिका आधारमा तथ्यांक निकाल्यौं । यसले भोलिको दिनमा कसरी व्यवस्थापन गर्ने भनेर प्रतिवेदन तयार पारेर आउटपुट बेस्ड एड प्रोजेक्टको कार्यालयमा बुझायौं । कार्ययोजनामा ललितपुर महानगरभित्र कति स्वास्थ्य संस्थाहरु छन्, कति शैया छन्, कति र के के खालका फोहोर उत्पादन हुन्छ भनेर उल्लेख छ । त्यसको के आधारमा कसरी व्यवस्थापन भइरहेको छ भन्ने छ । सुधार गर्ने क्रममा स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा स्वास्थ्य संस्थाहरुको चिकित्साजन्य फोहोरहरुको निर्देशिका ल्याएको थियो । यसले सुझाएका फोहोरका वर्गाीकरणहरुलाई नै अनुसरण गर्नेछौं । सोहीअनुसार संकलन, ओसारपसार र प्रशोधन गरेपछि बाँकीमात्र ल्याण्डफिल साइटमा पठाउने गरीको अवस्था नै ललितपुर महानगरपालिकाको कार्ययोजनामा पनि उल्लेख गरेका छौं । यसरी गर्दा कम्पोष्ट मल बनाउन मिल्ने र बाँकीलाई रियुज, रिसाइक्लिङ गर्न मिल्छ । संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने र जलाउन मिल्ने फोहोरलाई पनि नजलाउने गरी व्यवस्थापन गर्न सुझाएका छौं । यसले थोरैभन्दा थोरैमात्र फोहोर साइटमा पु¥याए हुने देखिएको छ । स्वास्थ्य संस्थाबाट उत्पादित फोहोर संक्रमणयुक्त हुने भएकाले सरोकारवाला सबै संवेदनशील हुनुपर्ने देखिन्छ ।