शेयर बजारमा एकैदिन ५० अंकको छलाङ, एक अर्ब २३ करोडको कारोबार

शेयर बजारमा एकैदिन ५० अंकको छलाङ, एक अर्ब २३ करोडको कारोबार

Parbati

नयाँ बर्षको सुरुवाती कारोबारबाटै बढ्न थालेको सेयर बजारले छठौ कारोबार दिन पनि निरन्तरता पाएको छ । आइतबार नेप्से सूचक ५० अंकले बढ्दा एक अर्ब २३ करोड बढीको सेयर किनबेच भयो । वैशाख महिना लागेपछि तेस्रो पटक नेप्सेमा अर्ब बढीको कारोबार भएको हो ।

 

१६७ कम्पनीको कारोबार भएको बजारमा झण्डै दुईदर्जन कम्पनीको सेयरमूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । समै समूहका सूचक सकारात्मक रहदा बजारमा उछाल आएको हो।

नयाँबर्ष लागे यता सेयरबजार झण्डै १६० अंकले उकालो लागेको छ । निरन्तर बढेको सेयरबजारमा कारोबार रकमले समेत साथ दिएको छ । यहि महिनामा मात्रै सेयरबजारमा तेस्रो पटक अर्ब बढीको कारोबार भएको हो ।

अरुण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको मूल्य दश प्रतिशतले बढेको छ ।राधी हाइडोपावर डेभलपमेन्ट र न्यादी गुप्र पावर रहेको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उच्च कारोबार गर्ने कम्पनीमा कुमारी बैंक अग्रपक्तिमा रहेको छ ।

@merolagani.com