काठमाडौं –पछिल्ला केहि बर्षयता सेयरबजारमा महिला लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । सेयर बजारमा गृहणीदेखि शिक्षक,विधार्थी,अधिवक्ता, राजनैतिक कार्यकर्ताका साथै अवकाश प्राप्त सरकारी जागिरे महिलाहरुको उपस्थिती पनि देखिन्छ । त्यस्तै उनीहरुको सेयरबजारमा लगानी गर्ने फर्मूलामा पनि विविधता पाइएको छ ।
विगत दुई बर्षयता सेयरबजारमा जुन प्रकारको उछाल आयो बजार पस्ने महिलाहरुको संख्या पनि सोही रुपमा बढ्यो । केहि महिलाहरु जानेर बुझेर बजारमा प्रवेश गरे भने कतिपय लहलहैमा समेत बजारमा छिर्न पुगे।
हामीले मंगलबार ब्रोकर कार्यालयमा भेटिएका केहि महिला लगानीकर्ताहरुसँग बजारमा लगानी गर्ने फमूर्ला र बजारबारे कुराकानी गरेका छौं ।
आइतबार र सोमबारको जस्तो मंगलबारको सेयरबजार खासै उत्साहजनक रहेन । नेप्से र कारोबार रकम दुवै घट्यो । कारोबार चलिरहेका बेला हामी पुतलीसडकमा रहेको ब्रोकर नं २६ एशियन सेक्युरीटीजमा पुग्दा महिलाहरुको उपस्थित अन्य दिनको भन्दा कम नै देखिन्थ्थो ।
कारोबार कक्षको पछाडितिर बसेर अनु गुरुङ ब्रोकर अफिसमा राखिएको मनिटर र आफ्नो मोबाइलमा सँगसँगै बजारको अपेडट हेर्दे थिईन् । पेशाले गृहणी गुरुङले सेयरबजारमा कारोबार गर्न थालेको चार पाँच बर्ष नै वितीसक्यो । हामीले जिज्ञासा राख्यौ तपाई सेयर किनबेच कसरी गर्नुहुन्छ ?
रातो हुँदा किन्ने र हरियो हुँदा बेच्ने
गुरुङले सहजै भनिन् रातो हुँदा किन्ने र हरियो हुँदा बेच्ने। सुरु सुरुमा यस्तै गर्थे, तर आजकल कम्पनीहरुको वित्तीय विवरण समेत भ्याएसम्म अध्ययन गर्छु, पत्रपत्रिका, इन्टरनेट आदीमा हेर्ने गर्छु उनले भनिन् ।
सेयर बजारमा लगानी गर्ने हो भने नयाँ नजान्ने लगानीकर्ता सकभर भ्याएसम्म ब्रोकर अफिस नै पुग्नुपर्ने उनको भनाई छ । धेरैको कुरो सुन्न पाईन्छ, धेरै कुरा जानिन्छ, घरमै बसेर हुँदैन । कुरो सबैको सुन्ने निर्णय आफ्नो गर्ने । गुरुङले भनिन् । सानै रकमबाट सेयरबजारमा लगानी सुरु गर्नुपर्ने उनको सुझाब छ ।
मेरो लगानीबाट
प्रतिक्रिया