सप्तरी आज खुल्ला दिसामुक्त घोषणा हुँदै

सप्तरी आज खुल्ला दिसामुक्त घोषणा हुँदै


राजविराज । सप्तरी जिल्लालाई आज चैत्र २१ गते खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । जिल्लाका सबै घरधुरीहरुमा शौचालय निर्माण गर्ने कार्य सम्पन्न भएकोले विभिन्न अतिथि र खुल्ला दिसामुक्त अभियानमा सक्रिय संघ संस्था र व्यक्तिहरुको उपस्थितिमा आज सप्तरीलाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम तय भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जनाएको छ । यो संगै सप्तरी प्रदेश नं. २ को दोस्रो र मुलुककै ४९ औं खुल्ला दिसामुक्त जिल्ला बन्दैछ् ।