फोहरमैला व्यवसायिहरु भन्छन रोजिरोटि खोस्न पाइदैन

फोहरमैला व्यवसायिहरु भन्छन रोजिरोटि खोस्न पाइदैन


कूनै पनि कारणवश  फोहरमैला व्यवस्थापन संघमा आबद्ध भयर काम गरिरहेका निजी कम्पनीहरु बिस्थापित हुने अवस्था सृजना भयमा सदस्य कम्पनी र त्यसमा आश्रित कर्मचारीको हितमा संघले जस्तासुकै बिरोधका कार्यक्रम अगाडी सार्नपरे पनि पछि नपर्ने फोहोरमैला व्यवस्थापन सघंका महासचिब देवेन्द्र खड्काले बताउनू भएको छ ।

लामो समयदेखि काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र आसपास अन्य नगरपालिकाहरुमा संघमा आबद्ध भयर हाराहारी ६० वटा कम्पनीहरुले काठमाण्डौ उपत्यकाको फोहोरमैला सिष्डोल ल्यान्डफिल्डमा व्यवस्थापन गर्दै आइरहेको छ । काठमाडौं महानगरपालिकामा हाराहारी ६० प्रतिशत र अन्य नगरपालिका हरुमा लगभग पुर्ण रुपमा फोहोरमैला व्यवस्थापनको कार्य निजी कम्पनीहरुले आफ्नै स्रोतमा गरिरहेका छन । करिब १५ बर्षका अनूभबि व्यवसायि खडका भन्नूहून्छ फोहोरमैला व्यवस्थापनको कार्य हेर्दा जति सहज लाग्छ यो आफैंमा जटिल छ र यसका लागि नत सम्ब्न्धीत निकायबाट  सहयोग नै छ  यस्तो अवस्थामा निजी कम्पनीहरुले पनि सोचे जति कार्य गर्न सकिरहेका छैनन । सरकारले हालै ग्लोबलको माध्यमबाट छनौट भएको कम्पनी नेप वेष्ट लाई एकिकृत फोहोरमैला व्यवस्थापनको जिम्मा दिने निर्णय गरेको छ सरकारको यस निर्णयले यस क्षेत्रमा बर्षैै  देखि काम काम गरिरहेका निजी कम्पनी जसको रोजिरोटि खोसिने सम्भावना  बढदै गएको छ त्यसैले निजि लगानि व्यवसायिहरुको भाग्य, भबिस्य अब कता जादैछ र लगानी के हुन्छ भन्ने बिषयमा कुनै बहस नगरि सरकारले गरेको यस  निर्णयप्रति प्रश्नचिन्ह खडा भएको छ  यो बिषयलाइ बहसको विषय बनाइनूपर्ने लगायतका माग सघंको रहेका छ । साथै  नेपवेष्ट प्रालिले यि कम्पनीहरुलाई कसरि समेट्न सक्छ भन्ने बिषयमा गहन छलफल हुन बाँकि नै रहेको महसचिब खडकाले बताउनूभयो ।