पोखरा । प्रदेश नम्बर ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले फोहोर सभ्यता र समृद्धिको सत्रु भएको बताउनु भएको छ । गत शनिवार पोखरामा संचालित वृहत सरसफाई अभियानको ९४ औं श्रृखला अन्तर्गतको कार्यक्रममा मन्त्री बस्नेतले ठूला ठूला क्रान्तिपछि अव आफनै आगनको फोहोर फाल्ने अभियानमा पनि सफल हुनु पर्ने भनाई व्यक्त गर्नु भयो । ‘समृद्धिको कुरा गरिरहँदा पहिले सफा र स्वच्छ वातावरण हुनुपर्छ, त्यो भएन भने समृद्धि सम्भव छैन उहाँले भन्नु भयो । पर्यटकिय महत्वको सहर पोखराको लागि सफाई अति नै आवश्यक विषय भएको उहाँको भनाई रहेको थियो ।
प्रतिक्रिया