झापा । झापाको विर्तामोड नगरपलिकाले फोहरमैलाको दिगो व्यवस्थापनलाइ लक्षित गर्दै तथ्याङकं सकंलनको काम शरु गरेको छ । फोहर व्यवस्थापनका लागि आगामि रणनिती तय गर्न यसले थप सहयोग पूग्ने विर्तामोड नगरपालिकाले जनाएको छ । वातावरण मञ्चका अध्यक्ष हैकम घिसिङका अनुसार वातावरण विज्ञान अध्ययन गरिरहेका १२ जना विद्यार्थी तथ्यांक संकलनमा खटिएका छन् ।
बिर्तामोडको वडा नम्बर ४ र ५ का १०० घर छनोट गरेर दैनिक उत्पादित फोहरबाट अध्ययन भइरहेको छ”, उनले भने, “विद्यार्थीले हरेक दिन बिहान घरको फोहरलाई संकलन गर्ने गरेका छन् ।” सातवटा समूहमा विभाजित सर्वेक्षण टोलीले कुहिने र नकुहिने फोहरको वर्गीकरणसमेत गर्ने गरेका छन् ।
प्रतिक्रिया