काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानी तथा सरसफाई सम्वन्धी विधयेक २०७४ माथि आज वुधवार मन्त्रालयकै सभाहलमा छलफल सम्पन्न गरेको छ ।
उक्त छलफल कार्यक्रमले मुलुक संघ र प्रदेशमा गइसकेको सन्दर्भमा खानेपानी र सरसफाई सम्वन्धी वनाउन लागिएको यस ऐनमा संघ र प्रदेशका पनि राय सुझाव लिइनु पर्ने सहभागीहरूले वताएका छन् ।
यस सम्वन्धमा हालसम्म छुट्टै ऐनको व्यवस्था नभएकोले कामकारवाहीका लागि अन्यौल भईरहेको वेला छाता ऐनको रुपमा खानेपानी तथा सरसफाई सम्वन्धी विधेयक २०७४ ल्याउन लागेको मन्त्रालयका उपसचिव उपेन्द्र केशर खनालले बताएका छन ।
प्रतिक्रिया