रानीपोखरीमा भएको कंक्रिट संरचना भत्काइने, सात वटा कुवा खोज्ने निर्णय

रानीपोखरीमा भएको कंक्रिट संरचना भत्काइने, सात वटा कुवा खोज्ने निर्णय


रानीपोखरीमा बनेको कंक्रिट संरचना भत्काएर प्रताप मल्लकालीन शैलीमा नै पुनर्निर्माण गरिने भएको छ ।

विज्ञ समूहको बिहीबार बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउनु पर्नेमा जोड दिएको छ । बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो ।

रानीपोखरीमा सात वटा कुवा छ भन्ने गरिएको छ । धेरै पहिलेदेखि यस्तो भन्नेगरिएपनि कहाँ र कस्तो अवस्थामा छ भन्ने थाहा छैन । त्यसैले कुवा खोज्न थप उत्खनन गर्ने निर्णय पनि विज्ञ समूहले गरेको  छ

त्यसअघि विज्ञ समूहले मंगलबार र बुधबार रानीपोखरीको उत्खनन गरेको थियो । त्यसक्रममा करिव ३ फिटमा पानी भेटिएको थियो ।