प्रमुख निर्वाचन आयुक्तबाट आकस्मिक अनुगमन

प्रमुख निर्वाचन आयुक्तबाट आकस्मिक अनुगमन


निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तु विनिमयको साधन जस्तो नबनाउन राजनीतिक दलहरुसाग आग्रह गर्नुभयो । जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व हो भन्नुहुादै प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
ट्ेरड युनियनको दबाबमा निर्वाचनमा कसैलाई पनि नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिनु हुादै डा। यादवले निर्वाचनमा गलत कार्य गर्ने जो सुकैलाई पनि नछाड्ने बताउनुभयो । शहर बजार र सार्वजनिक स्थल फोहोर नगर्न उम्मेदवारहरूलाई आग्रह गर्दै उहााले सुरक्षाकर्मीहरुलाई पनि टुलुटुलु हेरेर नबस्न निर्देशन दिनुभयो । प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीहरुलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको