एक घर एक शौचालय कार्यक्रम सम्पन्न हूदैं

एक घर एक शौचालय कार्यक्रम सम्पन्न हूदैं


 

एक घर एक शौचालय भन्ने नाराका साथ सुरु गरिएको खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियानको जिल्ला गत रुपमा भने हाल सम्म ४३ जिल्लालाई औपचारिक रुपमा खुला दिसा मुक्त जिल्ला घोषणा गरि सकिएको छ भने अव ३२ जिल्ला घोषणा हुन वाँकी छन् ।

अभियान सुरु भएपछि सवै भन्दा पहिले कास्की जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिएको थियो भने पछिल्लो हुम्ला जिल्लालाई घोषणा गरिएको छ । भने वाँकी रहेका जिल्लाहरुमा पनि तीव्र रुपमा काम भईरहेको खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई आयोजना शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठ वताउनुहुन्छ । श्रेष्ठका अनुसार मुलुकभर रहेका ५५लाख २२हजार ५३१ घर धुरी मध्ये २लाख ८८हजार घरधुरीमा मात्र शौचालय निर्माण गर्न वाँकी रहेको छ । यद्यपी ती घरधुरीहरुमा पनि शौचालय निर्माण कार्य भइरहेको छ ।

जिल्लागत रुपमा हेर्दा घोषणा हुन वाँकी भएका जिल्लाका संख्याहरु वढी रहेको देखिए पनि शौचालय निर्माण हिसावले आशातीत प्रगति भएको छ । अव वाँकी रहेका शौचालय निर्माण कार्य पनि छिटै नै हुने र मुलुकलाई छिटो भन्दा छिटो खुला दिसामुक्त घोषणा गरिने श्रेष्ठको भनाई छ ।

त्यसो त खुला दिसामुक्त जिल्ला घोषणाको लागि अत्यन्त चुनौतिपुर्ण रुपमा हेरिएको तराईका जिल्लाहरुलाई लिइए पनि राजधानी कै जिल्लाहरु पनि कम चुनौतिपुर्ण भने छैनन् । यद्यपी तोकिएकै समयमा मुलुकलाई खुला दिसा मुक्त वनाउने पर्याप्त समय थियो । दुर्भाग्य, तराईका जिल्लाहरुमा गत साउनमा गएको वाढीका कारण पुगेको क्षति पुर्याउँदा कार्यमा अवरोध पुग्न गयो । त्यस्तै पछिल्लो समयमा मुलुकमा परिवर्तनका लागि भएका तीन तहका चुनावहरुले पनि शौचालय निर्माण कार्यमा गतिरोध भएको थियो ।