वीरगन्जमा सेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

वीरगन्जमा सेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

Parbati

mountain hill

सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा सेयरसम्बन्धी साक्षरता कार्यक्रमहरू हुन थालेको छ । सेयर लगानीका लागि ब्रोकर कम्पनीहरूको शाखासमेत विस्तार गरिएको वीरगन्जमा मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आयोजना तथा युनाइटेड फाइनान्स, प्राइमो सेक्युरिटिज प्रालि र वीरगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा ‘सि–आस्बा र डि–म्याट’ सम्बन्धी लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।