काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले साउन महिना देखि खानेपानीको कम्प्युटराइज्ड विलिङ प्रणाली पूर्ण रुपमा सुरु गर्ने जनाएकोे छ । उपत्यकाका अन्य ठाउँहरुमा लागु भइसकेको यो प्रणाली किर्तीपुर, मंहाकालचौर र कमलादीमा लागु हुन बाँकी छ । लेजर पल्टाएर समय वित्ने र उपभोक्तालाई महशुल बुझाउन पनि झन्झटिलो भएको कारण पुरानो प्रणालीलाई हटाएर नयाँ प्रणाली सुरु गरिएकोे केयूकेएलका प्रबन्धक विजयमान श्रेष्ठले बताउनु भयो ।
यो प्रणाली लागु भएपछि उपभोक्ताहरुले ढुक्कसँग खानेपानीको महशुल बुझाउने र कार्यालयको लेखा प्रणालीलाई व्यवस्थित गर्न सहयोग पुग्ने पनि प्रबन्धक श्रेष्ठको भनाई रहेको छ । श्रेष्ठका अनुसार आगामी दिनमा यो प्रणालीलाई थप विकास गरि भविष्यमा उपभोक्ताले खानेपानीको महशुल आफुलाई पायक पर्ने स्थानबाट बुझाउन सक्ने र भुक्तान भएको रकमको सूचना मोवाइल मार्फत उपलब्ध गराउने योजना रहेको छ ।
प्रतिक्रिया