तराईमा तापक्रम ४० पुग्यो

Saturday, April 27th, 2024, 12:43 pm

ग्रीनसिटी संवाददाता। 
  नेपालकाे तराई भु-भागकाे तापक्रम ३७ डिग्री  सेल्सियस पुगेको छ । गत दुई दिन अगाडि लुम्बिनी र भैरहवामा ४० डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। तराईका विभिन्न भु-भागमा गर्मीका कारण जनजीवन सकसपुर्ण भैईरहेको विभिन्न सन्चार माध्यमले उल्लेख गरेका छन्। शनिबार काठमाडौको तापक्रम २९ डिग्री सेल्सियस पुगेको छ। जलवायु परिवर्तनको असर चर्किदै गएपछी पृथ्वीमा तापक्रम बढ्दै गएको वातावरण विद भूषण तुलाधरले जानकारी दिनुभयो । प्राकृतिक परिवर्तनशीलताले केही भूमिका खेलेको भए तापनि  हरितगृह ग्यासहरूको उत्सर्जन पहिलो कारण हो । जलवायु परिवर्तनको असरले  पृथ्वीको तापक्रम वार्षिक सुन्य दशमलव पाँच छ डिग्री सेल्सियसले बढ्दै गएको विज्ञ तुलाधरले बताउनुभयो । 
जलवायु परिवर्तनका कारणहरू
१.जीवाश्म ईन्धन जलाउनु
२.वन फडानी, वन पैदावर 
३.औद्योगिक प्रदुषण 
४.फोहोरमैलाको दिगो व्यवस्थापन हुन नसक्नु
५.सवारी साधनको धुवाँ प्रदुषण 
६.हरितगृह ग्याश उत्सर्जन 
७.वायु प्रदुषण 
८.विविध